+
+

‘ताइवान एक्लै छैन, हामी साथमा छौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १८:११
Photo Credit : AP

१८ कात्तिक, काठमाडौं । चीन र ताइवानबीच बढ्दो विवादकै क्रममा युरोपेली सांसदको एक प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेको छ ।

पहिलो पटक ताइवानको औपचारिक भ्रमणमा रहेको युरोपेली संसदको प्रतिनिधि मण्डलकी प्रमुखले ताइवानसँगको सहकार्य बढाउने बेला आएको बताएकी छन् ।

युरोपेली संसदकी सभामुख एवं प्रतिनिधि मण्डलको नेतृत्व गरेकी राफाइल ग्लुक्सम्यानले भ्रमणको दोस्रो दिन भनिन्- ‘युरोपेली युनियनले ताइवानसँगको आफ्नो सहकार्य बढाउने बेला आएको छ ।’ त्यस्तै, युरोपेली युनियन ताइवानको साथमा रहेको पनि उनको भनाइ थियो ।
‘हामीहरू एउटा सामान्य र निकै प्रस्ट सन्देश लिएर यहाँ आएका छौं’, ग्लुक्सम्यानले भनिन्, ‘तपाईं एक्लै हुनुहुन्न । स्वतन्त्रता, विधिको शासन र मानव सम्मानको रक्षा गर्ने कार्यमा युरोप तपाईँसँगै उभिन्छ ।’

ताइवानी राष्ट्रपति साई यिन वेन र ३ दिने भ्रमणमा रहेको १३ सदस्यीय प्रतिनिधि मण्डलबीच बिहीबार भेट भएको समेत अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

साईले आफ्नो स्वागत मन्तव्यमा युरोपेली सांसदको भ्रमणलाई ‘निकै महत्वपूर्ण’ भनेकी छन् । दुष्प्रचारविरुद्धको अनुभव साटासाट गर्न ताइवान इच्छुक रहेको र दुष्प्रचारविरुद्ध ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन चाहेको समेत साईको भनाइ छ ।

यसैबीच ताइवानलाई आफ्नो अभिन्न अंग ठान्दै आएको चीनले युरोपेली संसदका प्रतिनिधिको भ्रमण विरोध गरेको छ । चीनको विदेशमन्त्रालयले बिहीबार भ्रमणको विरोध गर्दै ‘युरोपेली पक्षले आफ्ना गल्ति सच्याउनु पर्ने र स्वतन्त्र ताइवानको पक्षमा रहेका पृथकतावादी शक्तिलाई गलत सन्देश दिन नहुने’ बताएको हो । ‘ताइवान चीनको अंग हो भन्ने यथार्थ बदल्न सकिँदैन’, नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?