+
+

साफ यू-१९ महिला च्याम्पियनसिप डिसेम्बरमा बंगलादेशमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते ८:२७

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसीप डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयाेजना हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघका अनुसार च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् ।

आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले च्याम्पियनसिपमा सिंगल राउण्ड ,राेविनका आधारमा प्रतिस्पर्धामा गर्नेछन् ।

सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ मा खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध नाेभेम्बर १५ मा, तेस्रो खेलमा भुटानविरुद्ध नाेभेम्बर १७ मा र चौथो खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका छ ।

राउन्ड रोविनपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेलडिसेम्बर २२ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?