+
+

न्यायाधीश चुडाल बसे इजलासमा, अरु न्यायाधीश छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १२:१०

२२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु सोमबार छलफलमै रहेका बेला न्यायाधीश कुमार चुडालले भने मुद्दा सुनुवाइ गरेका छन् ।

सोमबार सर्वोच्च अदालत पुगेका अरु न्यायाधीश छलफलमा रहेका कारण इजलासमा नबसेका बेला न्यायाधीश चुडालको इजलासले भने एक बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

रुकुम पूर्वको जिल्ला अदालतले गरेको एक आदेशविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा चुडालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा इजलास तोकेका छन् । जसमा चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । उनले आफू र न्यायाधीश चुडालको संयुक्त इजलास पनि तोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?