+
+

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हिरो एक्सप्लसको ‘राइड टू लोमान्थाङ’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १५:४४

२२ कात्तिक, काठमाडौं । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ३० ग्राहकहरु काठमाडौंबाट लोमान्थाङका लागि राइडिङमा निस्किएका छन् ।

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले पर्यटन प्रवर्द्धनका लागि हिरो एक्सप्लस मोटरसाइकल किनेका ग्राहकहरुलाई यात्रामा लगेको हो ।

सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो । यात्रामा सहभागी ३० जना राइडर र ५ जना सहयोगी राइडर गरी ३५ जनाको टोली रहेको छ ।

१०/१० जनाका दरले तीन समूहमा विभाजन गरी राइडहरु पठाइएको छ । कम्पनीका अनुसार काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटर यात्रा गर्ने छन् ।

कम्पनीकी सञ्चालक सुरुची ज्योतिले काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्राले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् ।

कम्पनीका सिनियर दिनेश बज्राचार्यले कोभिडका कारण निकै ठूलो समस्यामा रहेको पर्यटन क्षेत्र पुनरुत्थानका लागि यसले निकै ठूले मद्दत गर्ने बताए । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सहयोग पुगोस् भनेर पनि आफूहरुले यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘६ दिनको यात्रामा राइडहरुहरुले रमाइलो गर्नुहुनेछ, बाटोमा फोटो खिच्दै जानुहुनेछ,’ उनले भने, ‘प्राकृतिक सौन्दर्यता लगायतको फोटो वहाँहरुले सामाजिक सञ्जालमा राख्नु हुनेछ, यसले आन्तरिक पर्यटनलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

सिनियर म्यानेजर बज्राचार्यका अनुसार कम्पनीले ५० जनालाई राइडिङमा पठाउने तयारी गरेको थियो । तर लोमान्थाङमा बास बस्न तथा खानका लागि ठूलो संख्यामा धान्ने होटलहरु छैनन् ।

फेरि यतिबेला सिजन पनि भएकाले एकपटक ठूलो संख्यामा होटलहरुलाई धान्न गाह्रो पर्छ । त्यही भएर अहिले ३० जनालाई पठाइएको उनले बताए । यस अघि पनि विभन्न ठाउँमा राइडमा पठाएको र आगामी दिनहरुमा पनि कम्पनीले यो कार्यलाई निरन्तरता दिने बज्राचार्यको भनाइ छ ।

नेपाली फुटबल टीमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा झण्डा उठाएर यात्राको औपचारिक सुरुवात गरे । उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतकर्ता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे ।

९ सय किलो मिटरको यात्रा राइडरहरुले ६ दिनमा पुरा गर्नेछन् । लोमान्थाङ पुगेर शनिबार पोखरा आइपुग्ने गरी कार्यसूची बनाइएको छ । शनिबार पोखरामा राइडिङको समापन गर्ने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?