+
+

रोयल च्यालेन्जर्स बैंग्लोरको प्रशिक्षकमा बंगार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १३:३६

२३ कात्तिक, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टीम रोयल च्यालेन्जर्स बैंग्लोरले संजय बंगारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

भारतका पूर्व अलराउण्डर बंगारलाई आगामी दुई सिजनका लागि प्रशिक्षक नियुक्त गरिएको हो । उनी २०२१ मा ब्याटिङ कन्सलट्यान्ट थिए ।

अब उनले माइक हरनको स्थान लिनेछन् । यूएई लिग सुरु हुनुअघि साइमन क्याटिचले व्यक्तिगत कारण राजीनामा दिएपछि हसन प्रशिक्षक बनेका थिए । बंगार प्रशिक्षक बनेपछि हसन भने पुरानै भूमिका डाइरेक्टर अफ क्रिकेट अपरेसशनमा फर्किनेछन् ।

तर बैंग्लोरले अब नयाँ कप्तान पनि खोज्नुपर्नेछ । किनकि विराट कोहलीको सिजनको अन्त्यबाट कप्तानको जिम्मेवारी छाड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?