२३ कात्तिक, काठमाडौं। इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान जेसन रोएले टी–२० विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । उनको स्थानमा जेम्स भिन्स आएका छन् ।
समूह चरणको अन्तिम खेलमा उनी घाइते भएका थिए, जुन खेलमा इंग्ल्याण्ड दक्षिण अफिकासँग पराजित भएको थियो । उनी १५ बलमा २० रन बनाएको अवस्थामा रिटार्यड हर्ट भएका थिए ।
आइतबार उनको पिँडुलाको मांशपेशीमा लागेको चोटबारे थाहा भएको छ । र, उनले विश्वकपको नकआउट चरणका खेल गुमाउने भएका छन् ।
प्रतिक्रिया 4