+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुल्मीमा जनगणनाको लागि ४१२ जना गणक खटिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १७:०२

२४ कात्तिक, गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने भएका छन् ।

जिल्लाका ३९३ वडा र संस्थागत परिवारको गणनाको लागि ३ जना गरी जम्मा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जिल्ला जनगणना अधिकारी पोखरेलले बताए ।यस्तै जनगणाको लागि १०१ सुपरिबेक्षकहरु खटाइएको छ ।

मूल गणनामा गणकहरुले प्रत्येक जनगणना घर परिवारमा परिचयात्मक, पारिवारिक तथा व्यक्तिगत करीब ५५ वटा प्रश्नहरु सोधी विवरणहरु लिइने सहायक जिल्ला जनगणा अधिकारी रामचन्द्र वाग्लेले बताए।

जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकेका छन् । गणनाको लागि सम्पूर्ण कार्यक्षेत्रमा आबश्यक सामाग्री सहित गणकहरु खटाइएको वाग्लेले बताए ।
परिवारमा अक्सर बसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिइने छ।

कोही नछुट्ने र कोही नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाइ हुन जिल्ला जनगणना कार्यालय गुल्मील अनुरोध गरेको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?