+
+

नेपाली महिला क्रिकेट टिमको फ्लाइट छुट्यो, सडक मार्गबाट फर्किने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १६:२५

२५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपको एसिया छनोटको तयारीका लागि बंगलादेश गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले काठमाडौं फर्किँदा हवाइ मार्ग प्रयोग गर्न पाएन ।

कोभिड-१९ प्रोटोकल पालना नगरेपछि नेपाली टोलीको ढाकाबाट काठमाडौंसम्मको उडान हुन नसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाली टोली बिहीबार स्वदेश फर्कने तय थियो । तर नेपाली टिम व्यवस्थापनले कोभिड-१९ को प्रोटोकल पालना नगरेपछि नेपाली टोलीको फ्लाइट छुटेको हो । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीको व्यवस्थापकमा टिमसंगै जयन्ती भट्ट गएकी थिइन् ।

क्यानले प्लाइट छुटेपछि अब सडक मार्ग हुँदै नेपाल फर्कने जनाएको छ । ‘कोभिड प्रोटोकल पालना नगरेको कारणले गर्दा महिला राष्ट्रिय टोलीले ढाकादेखि काठमाडौंसम्मको उडान छुटेको घोषणा गर्नुपर्दा खेद व्यक्त गर्दछौं’ क्यानले बिहीबार विज्ञप्तिमार्फत भनेको छ ।

विज्ञप्तिमा अघि भनिएको छ, ‘क्यानले यस विषयमा टिम व्यवस्थापनसँग औपचारिक प्रतिवेदन मागेको । ‍…अब नेपाली टोली सडक मार्ग हुँदै फर्कने छ र बेलुकासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।’

युएईमा हुने टी-२० विश्वकपको एसिया छनोटका लागि तयारी गर्न बंगलादेश गएको नेपालले त्यहाँको बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन टि-२० अभ्यास सिरिज २-१ ले जितेको थियो ।

नेपाली टोलीले कतारमा टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका समेत छ । त्यहाँ तीन खेलको सिरिज खेलेपछि नेपाल युएई जानेछ । मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म हुने टी-२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसंग खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि-२० विश्वकपको रोडम्यापको रुपमा रहेको छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् । यस छनोट खेलको विजेता ग्लोबल छनोटमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?