+
+
Shares

नाष्टमा सूचना पहुँच केन्द्र स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १८:४६

२५ कात्तिक, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ ।

सो केन्द्रको आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा उद्‌घाटन गरे ।

‘केन्द्र नामक मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने विश्वास लिएको छु’, उनले भने । यसैगरी सचिव आचार्यले नाष्टमा सो केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधिको क्षेत्रमा सहज हुने बताए ।

नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले आफूहरुले सो पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाए बमोजिम २०२० भित्र नाष्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न गरेको बताए ।

उनले भने, ‘मुलुकमा कोरोना महामारी भएकाले समयमै प्रयोगमा ल्याउन पाएनौं। यस केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञ मानिसलाई विज्ञ तुल्याइ मोबाइल अनि ल्यापटपदेखि लिएर भाइवरका साथै म्यासेन्जर आदि सम्पूर्ण कुरा चलाउन सिकाउने छौं।’

नाष्टले सो घुम्ती पहुँच केन्द्रलाई वर्षामा एक पटक सातै प्रदेशमा लगेर जनताको माग बमोजिमको कुरा सिकाउने उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?