+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धितोपत्र बोर्डको अध्यक्ष बन्न एक दर्जनले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते २१:४५

२५ कात्तिक, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न करिब एक दर्जन व्यक्तिले आवेदन दिएका छन् । खुला प्रतिष्पर्धाबाट अध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको छनोट समितिले आवेदन माग गरेको थियो ।

आवेदन दिने अन्तिम दिन बिहीबार साँझसम्म ११ जनाले निवेदन बुझाएको अर्थमन्त्रालयले बताएको छ । बुधबारसम्म तीन जनाले मात्र निवेदन दिएका थिए । बिहीबार २ बजेसम्म पनि चार जनाको मात्रै आवेदन परेकोमा कार्यालय समय बाँकी छदै बाँकी आकांक्षीहरुले आवेदन पत्र बुझाएका हुन्।

मन्त्रालयका अनुसार चितवनका अनिल पौडेल, धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारी र बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाइँले निवेदन दर्ता गराएका छन् ।

यसैगरी बोर्ड अध्यक्ष बन्न राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्व सीईओ सिताराम थपलिया, शेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल र अम्बिका शर्मा लामिछाने र कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्यले आवेदन बुझाएको मन्त्रालयले बताएको छ ।

सर्वाेत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेर सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।

आजसम्म प्राप्त निवेदकहरुलाई आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?