+
+

कानुन व्यवसायीको जुलुसमा झडप

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १०:११

२६ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुको जुलुसमा झडप भएको छ । केही पक्राउ परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको हो । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन भएको थियो । त्यसपछि हात हालाहाल भएको थियो । प्रहरीले केहीलाई पक्रेर भ्यानमा राखेको थियो ।

तर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने झडप नभएको र कसैलाई पनि पक्राउ नगरेको अनलाइनखबरलाई बताए ।

अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै  प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप लगाए ।

त्यहाँ १२ बजेसम्म धर्नामा बस्ने उनीहरुले बताएका छन् । त्यसपछि बार एशोसिएसनको कार्यालय परिसरमा विरोधका कार्यक्रमहरु हुनेछ ।

आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रदर्शनमा सहभागीहरुलाई संयमित हुन आह्वान गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?