+
+

लिक्टेन्स्टाइनको पोष्टमा जर्मनीको ९ गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ११:४३

काठमाडौं । अर्को वर्ष हुने कतार विश्वकपमा छनोट भइसकेको जर्मनीले लिक्टेन्स्टाइनलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

जर्मनीको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमै लिक्टेन्स्टाइनका जेन्स होफरले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि जर्मनीले गोलको वर्षा गर्यो । जर्मनीका लागि थोमस मुलर र लरेय सानेले २-२ गोल गर्दा लिक्टेन्स्टाइनले दुई आत्मघाती गोल उपहार दिए ।

यस्तै एल्के गुन्डागोन, मार्को रिउस र रिडल बाकुले १-१ गोल गरे । रिउसले ह्याट्रिक असिस्ट समेत गरेका थिए ।

फराकिलो जितपछि समूह बी मा जर्मनी ९ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले एनिस बार्डीले ह्याट्रिकको मदतमा अर्मेनियालाई ५-० ले पराजित गर्दै प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ ।

जितपछि नर्थ मेसेडोनिया ९ खेलबाट १५ अंक जोड्दै दोस्रो स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?