काठमाडौं । अर्को कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा स्पेनले ग्रीसलाई १-० ले पराजित गर्दै सिधै छनोट हुने सम्भावना बलियो बनाएको छ । स्पेनका लागि पाब्लो साराबियाँले पेनाल्टीमा निर्णायक गोल गरे ।
समूह बी मा गएरातीको खेल खेल्नुअघि स्पेन स्वीडेनभन्दा २ अंकले पछि थियो । तर स्वीडेन जर्जियासंग २-० पराजित भएपछि स्पेन १ अंकको अग्रतासहित शीर्ष स्थानमा उक्लिएको छ । जर्जियालाई जपत दिलाउन खभिचा केभारतखेलियाले दुवै गोल गरे ।
अब स्पेन र स्वीडेनबीच समूहको अन्तिम खेल हुनेछ । उक्त खेलमा बराबरी खेल मात्र पनि स्पेन शीर्ष स्थानमा रहेर सिधै विश्वकपमा छनोट हुनेछ ।
७ खेलबाट स्पेन १६ अंसकहित शीर्ष स्थान छ भने स्वीडेन १५ अंकसहित दोस्रो स्थानमा छ । स्वीडेनला२ भने विश्वकपमा पुग्न स्पेनलाई पराजित गर्नैपर्ने अवस्था छ ।
प्रतिक्रिया 4