+
+

स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो इटली, विश्वकप पुग्न अन्तिम खेल कुर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १०:२८

काठमाडौं । जर्गिन्होले अन्तिमा पाएको पेनाल्टी गुमाएपछि इटलीले विश्वकपको छनोटमा स्वीट्जरल्याण्ड्सँग १-१ को बराबरी खेलेको छ ।

बराबरीपछि युरोपियन छनोटको समूह सी मा दुवै टिमको समान अंक छ तर गोलअन्तरमा इटली अघि छ । समूह विजेता बन्दै सिधै विश्वकपमा छनोट हुनका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

घरेलु मैदान रोममा भएको खेलको ९०औं मिनेटमा इटलीले भिएआरको सहयोगको पेनाल्टी पाएको थियो । मिडफिल्डर जर्गिन्होको प्रहार पोष्टभन्दा बाहिर गयो ।

त्यसअघि सिल्भन विडमरले ११औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । तर इटलीका जिओभानी डि लरेन्जोले ३६औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीपछि इटली र स्विट्जरल्याण्डको ७ खेलबाट समान १५ अंक छ ।

अब इटलीले नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले बुल्गेरियासँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?