+
+

नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १०:०६

२८ कात्तिक, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी-२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ ।

नेपालले कतारसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।

नेपालले यसअघि बंगलादेशमा गएर एक साता तयारी गरेको थियो । बंगलादेशमा नेपालले  बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन टि-२० अभ्यास सिरिज २-१ ले जितेको थियो ।

मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म यूएईमा हुने टी-२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको रोडम्यापको रुपमा रहेको छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् । विजेता ग्लोबल छनोटमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?