+
+

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १३:३३

२८ कात्तिक, काठमाडौं । चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन् । उपाधीसँगै उनले ५० हजार रुपैयँ पाएका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै पहिलो भए । दोस्रो र तेस्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । त्यस्तै अर्जुन कुलुङ चौथो र तीर्थ तामाङ पाचौं भए ।

महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भइन् । २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गरेकी उनले पनि ५० हजार रुपैयाँ पाइन् । सिन्धुपाल्चोककी नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो, प्युठानकी संगीता बुढामगर तेस्रो र आश्मा विश्वकर्मा चौथो र निर्मला राई पाँचौं भइन् ।

त्यस्तै सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङ पहिलो भए । भेट्रान पुरुषतर्फ गोरखाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भए ।  प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन म्याराथन धावक बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरु भएको दौड २१ किलोमिटर लामो थियो । पर्यटन प्रवर्द्धनका लागि खेलकुद भन्ने मूल नाराका साथ स्वस्थ रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिव सूर्यलाल भन्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?