+
+

रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १८:०९

२८ कात्तिक, बुटवल। रोल्पामा जीप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा माडी– ६ कोर्चाबाङ मिसिडाँडाका ५१ वर्षीय टेकबहादुर पुनमगर, कोर्चाबाङकै ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, कोर्चाबाङ रीचा निवासी ४७ वर्षीय चौसरा बिश्वकर्मा र कोर्चाबाङकै १८ बर्षीया लिला पुनमगर रहेका छन् ।

दुर्घटनामा विना घर्तीमगर र पञ्चना बिश्वकर्मा गम्भीर घाइते भएका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए ।

गृह जिल्लामा भएको दुर्घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुख व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीको निजी सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?