+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जनकपुरको रुपैठामा कात्तिक ३० गतेसम्‍म निषेधाज्ञा थप

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई कात्तिक ३० गते राति १० बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १९:३१

२८ कात्तिक, जनकपुरधाम। जनकपुरधाम उप महानगरपालिकाको रुपैठामा आइतबार रातिसम्म जारी गरिएको निषेधाज्ञाको समय थप गरिएको छ ।

सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस, हुलहुज्जत गरिरहेको भन्दै स्थानीय प्रशासनले जनकपुरधाम वडा-२० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको थियो ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई कात्तिक ३० गते राति १० बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

रुपैठामा छठकै दिनदेखि तनाव रहँदै आएको छ । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद भएको थियो । यो विवादले शनिबार उग्र रुप लिँदा निषेधाज्ञा आदेश जारी गरिएको छ ।

शनिबार भएको दुई पक्षीय झडपलाई रोक्न गएका ४ जना सशस्त्र प्रहरी, एक जना नेपाल प्रहरी र स्थानीय एक जना महिला घाइते भएका थिए ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कार्वाही गर्न सक्ने आदेशमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?