
३० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।
ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठोरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4