
३० कात्तिक, बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा कपिलवस्तुमा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा जिल्ला इन्चार्ज पदम केसीले भने २४ जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका बताएका छन् ।
बजार र यातायात बन्द गराउँदै हिँडेका जिल्ला सेक्रेटरी कमल केसीसहित १८ जनालाई नियन्त्रणमा लिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।
नेकपा जिल्ला इन्चार्ज पदम केसीका अनुसार बाणगंगाबाट कमल केसी, बाणगंगा नगर सेक्रेटरी शेरमान थारुसहित ९ जना, चन्द्रौटाबाट शिवराज नगर सेक्रेटरी विनोद लुइँटेलसहित ५ जना, गोरुसिंगेबाट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विज्ञान केसी र धानखोलाबाट अर्घाखाँची तथा कपिलवस्तुका १५ जना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा महासचिव विप्लवको गृह जिल्लासमेत रहेको कपिलवस्तुमा बन्दको प्रभाव तुलनात्मक रुपमा अन्यत्र भन्दा धेरै परेको छ ।
प्रतिक्रिया 4