+
+

पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व बढ्छ : गृहमन्त्री

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए पार्टी र सरकारमा द्वन्द्व निम्तिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १८:२३

१ मंसिर, बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए पार्टी र सरकारमा द्वन्द्व निम्तिने बताएका छन् । बुधबार भैरहवामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा खांणले पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै जिताउनुपर्ने बताए ।

‘पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को व्यक्ति हुँदा त्यसले पार्टी र सरकार दुबै ठाउँमा द्वन्द्व पैदा गर्छ’ खाँणले तर्क गरे, ‘अहिले प्रधानमन्त्री देउवा भएकाले सभापतिमा पनि उहाँलाई नै जिताउनुपर्छ ।’

वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने संकल्प लिएको बताउदै उनले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाउन आग्रह गरे ।

विप्लव समूहसंग वार्ता अघि बढिसकेकाले उनीहरुको राजनीतिक मागलाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार लागिपरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?