+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

किराना र हार्डवेयरको समानसहितको ट्रक नियन्त्रणमा, चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १८:३५

२ मंसिर, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट प्रहरीले खुद्रा तथा हार्डवेयरको समान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका-८ घण्टाघर स्थित सडकखण्डबाट बुधबार राति ना.६ ख १३७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

किराना तथा हार्डवेयरका मालबस्तुहरू भन्सार छली रूपन्देहीतर्फ लाँदै गरेको सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिइएको छ ।

ट्रकलाई रोकी जाँच गर्दा ट्रकभित्र विलबिजकभन्दा बढी किराना तथा हार्डवेयर सामानहरू लोड रहेको प्रहरीले जनाएको छ ।

ट्रकका चालक मकवानपुरको राक्सीराङ गाउँपालिका-३ बस्ने ४० वर्षीय सुनबहादुर थिङलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका उनीमाथि राजश्व छली कसुरमा ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?