+
+
Shares

सुर्खेतको बालाजी वस्त्रालयमा प्रहरीको छापा, नगद र सुनसहित एक जना पक्राउ

सुर्खेतका व्यापारी श्यामसुन्दर अग्रवालको पसलमा प्रहरीले छापा मारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको वीरेन्द्रनगरस्थित बीच बजारमा रहेको श्यामसुन्दर अग्रवालको बालाजी वस्त्रालयमा प्रहरीले सोमबार बेलुका छापा मारेको छ ।
  • अग्रवालले लामो समयदेखि नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साट्ने र सुनका गरगहना धरौटी राख्ने कार्य गर्दै आएका थिए ।
  • पसलबाट प्रहरीले केही नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

१८ जेठ, सुर्खेत । सुर्खेतका व्यापारी श्यामसुन्दर अग्रवालको पसलमा प्रहरीले छापा मारेको छ ।

वीरेन्द्रनगर नगरपालिका–६, स्थित बीच बजारमा रहेको उनको पसलमा सोमबार बेलुका प्रहरीले छापा हानेको हो ।

श्यामसुन्दरले बीच बजारको वीरेन्द्र चोक नजिक बालाजी वस्त्रालय सञ्चालन गर्दै आएका छन् ।

उनले लामो समयदेखि नेपाली रुपैयाँ (नेरु) लाई भारतीय रुपैयाँ (भारु) मा साट्ने र सुनका गरगहना धरौटी राख्ने गर्दै आएका थिए ।

उनले पैसा साटेको र गहना धरौटी राखेबापत केही निश्चित रकम लिने गरेको प्रहरीले जनाएको छ ।

उनको पसलबाट प्रहरीले केही नगद र सुन सहित एक जनालाई नियन्त्रणमा समेत लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?