+
+

एमालेको ५ पदाधिकारीमा प्रतिस्पर्धा गर्ने महिला नेताहरुको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १८:४५

२ मंसिर, काठमाडौं । नेकपा एमालेका महिला नेताहरुले पदाधिकारीको कम्तीमा एक तिहाइ संख्यामा उम्मेदवारी दिने तयारी गरेका छन् । चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा पार्टी पदाधिकारीमा पनि समानुपातिक सहभागिता हुनेगरी उम्मेदवारी दिने तयारी गरेका हुन् ।

केन्द्रीय, स्थायी र पदाधिकारी पनि समावेशी हुुनपर्ने र त्यसका लागि महिला प्रतिस्पर्धामा आउने गरी छलफल भइरहेको केन्द्रीय सदस्य रचना खड्काले बताइन् । उनका अनुसार पार्टी पदाधिकारीमा कसरी उम्मेदवारी दिने भन्नेबारे बिहीबार पनि परामर्श भएको छ ।

एमालेको १५ पदाधिकारीमध्ये कम्तीमा पाँच पदमा महिला उम्मेदवार हुने गरी तयारी भइरहेको नेताहरुले बताएका छन् । पार्टीका शीर्ष नेताहरुले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुने भए पनि त्यही नियम स्थायी कमिटी, पदाधिकारी र सचिवालयमा लागू नहुने बताइरहेका छन् ।

तर महिला नेताहरुको तयारी अनुसार अष्टलक्ष्मी शाक्य र राधा ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिनेछन् । उपमहासचिवमा विन्दा पाण्डेले र सचिवमा पद्‍मा अर्याल र शिवमाया तुम्बाहाङ्फेले उम्मेदवारी दिनेछन् । मंसिर १० देखि १२ गतेसम्म हुने १० औं महाधिवेशनबाट एमालेले सात सचिव निर्वाचित गर्नेछ ।

एमालेका महिला नेताहरुले संविधानको भावना र प्रावधान पार्टीको माथिल्लो पंक्तिमा पनि लागू हुनुपर्ने तर्क गरिरहेका छन् । राजनीतिक दल सम्बन्धी ऐनले दलका सबै तहका समितिमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ ।

ऐनको यही व्यवस्था टेकेर महिला नेताहरु पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । एमालेमा पदाधिकारीका आकांक्षीको समीकरण मिलाउनुपर्ने र पदाधिकारीको चयन सहमतिका आधारमा गर्नुपर्ने छलफल भइरहेका बेला महिला नेताहरुले यो तयारी थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?