
३ मंसिर, झापा। प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-५ बस्ने ६५ वर्षीय उदय पराजुली रहेका छन् ।
पराजुलीलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतले २०६० माघ २१ गते सरकारी छाप दस्तखत किर्ते मुद्दामा उनलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4