+
+

रौतहटमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १५:१६

३ मंसिर, रौतहट । रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।

कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा स्थानीय समसुल मियाँको मृत्यु भएको छ । ग्यारेज सञ्चालक रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ट्यांकीमा हावा भर्ने क्रममा क्षमता भन्दा बढी हावा भरिएपछि विष्फोट भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी श्रीराम भण्डारीले बताए । विष्फोटमा परी स्थानिय जैसी यादव घाइते भएका छन् । ट्या‌की विष्फोट हुँदा फलामको टुक्रा उछिट्टिएर यादवको दाहिने हातमा लागेको डीएसपी भण्डारीले बताए ।

विष्फोटले गर्दा ठूलो आवाज आएको र ट्यांकीका टुक्राहरु टाढासम्म छरिएको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?