+
+

मछिन्द्रले सार्वजनिक गर्‍यो ए डिभिजन लिग खेल्ने टिम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १५:३८

३ मंसिर, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबले शुक्रबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि सुजल श्रेष्ठको कप्तानीमा टिम सार्वजनिक गरेको छ ।

टिममा विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रञ्जीत धिमालजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् । मछिन्द्रले शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम गर्दै टिमका खेलाडीहरुको नाम घोषणा गर्दै प्रायोजकहरु समेत सार्वजनिक गरेको छ । क्ललबे लिगमा लगाउने जर्सी समेत सार्वजनिक गरेको छ ।

यो सिजनमा मछिन्द्र एफसीको मुख्य प्रायोजक पेपे पिज्जा र सहप्रायोजकमा सर्फ एक्सेल रहने क्लबले जनाएको छ ।

यस्तै क्लबलाई खेलकुद पोशाक उत्पादक टी१० स्पोट्सले स्पोट्स किट प्रायोजन गरेको छ ।

क्लबका अध्यक्ष सुनिल कपालीले गत सिजन च्याम्पियन बन्दा घाटा लागेपनि अहिले प्रायोजकहरु जोडिँदा खुशी लागेको बताए ।

‘४० लाख घाटा लागेको थियो । अहिले खुशी लागिरहेको छ । स्पोन्सरहरुले सहयोग गर्नुभएको छ,’ कपालीले भने, ‘च्याम्पियन भएकोले हामीलाई चुनौती छ र त्यसलाई सामना गरेर राम्रो खेल्नुपर्छ ।’

मछिन्द्रले फुटबल क्लब पनि प्रालिमा दर्ता गरेर अघि बढेको छ । क्लबले अर्को सिजनदेखि शेयर समेत बेचेर अघि बढ्ने अध्यक्ष सुनिल कपालीले बताए ।

सन् १९७३ मा स्थापना भएको मछिन्द्र शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन हो । टोलीका मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल छन् । टोलीको कप्तानी सुजल श्रेष्ठले गरेका छन् ।

एमएफसीले मङ्सिर ६ गते न्यूरोड टिम एनआरटीसँग खेल्दै लिगको उपाधि रक्षा अभियान शुरु गर्नेछ ।

टोलीमा नेपाल राष्ट्रिय नियमित खेलाडी र अनुभवी अन्तर्राष्ट्रिय खेलाडीहरू समावेश छन् ।

मछिन्द्रको टिम

१. सुजल श्रेष्ठ

२. विशाल श्रेष्ठ

३. दिलन लोकतम

४. अभिषेक रिजाल

१५. एन्ड्रेस निया

६. विजय धिमाल

७. मनिष डाँगी

८. सुनिल बाल

९. देवेन्द्र तामाङ

१०. रञ्जित धिमाल

११. बुद्ध चेम्जोङ

१२. विशाल राई

१३. प्रमोद चौधरी

१४. मिलन धिमाल

१५. उत्सव राई

१६. अभिषेक गुरुङ

१७. रेजिन सुब्बा

१८. नुरलान नोजोभ

१९. सूर्य अधिकारी

२०. विमल घर्ती मगर

२१. छिरिङ गुरुङ

२२. अभियान प्रधान

२३. नवीन सिलवाल

२४. करिम ओमोलाजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?