
३ मंसिर, काठमाडौं । बेलायतको सरकारले नेपालबाट दक्ष स्टाफ नर्सहरुलाई रोजगारी दिने इच्छा व्यक्त गरेको छ । करिब १० हजार नर्सलाई बेलायतमा रोजगारीका लैजानेबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयसँग छलफल अघि बढाएको हो ।
शुक्रबार एक सार्वजनिक कार्यक्रममा श्रमिकमैत्री समझदारीपत्रको मस्यौदा तयार गर्न शुरु बेलायत सरकारसँग छलफल गरिएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए । मन्त्रालयका अनुसार बेलायले अनुभवी र दक्ष नर्स मात्रै लैजान चाहेकोले समन्वय भइरहेको अघि बढेको छ ।
तोकिएको तालिम सकेका र अनुभव पुरा गरेकालाई बेलायतमा मासिक साढे २ लाखभन्दा बढी पारिश्रमिक हुन सक्ने सरकारी अधिकारीको आकलन छ ।
बेलायतसँग श्रम समझदारी भएमा सेवा सुविधा, बीमा, स्वास्थ्योपचार, हवाई भाडा र भर्ति प्रक्रियाका सबै खर्च रोजगारदाताले ब्यहोर्ने व्यवस्था हुने सरकारले बताएको छ । श्रम समझदारीमा छिट्टै सहमति जुटेमा सन् २०२२ भित्रै नर्सहरु बेलायत जाने बाटो खुल्नेछ ।
प्रतिक्रिया 4