+
+

पहिलो खेलमै रेफ्रीसँग च्यासलका प्रशिक्षकको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते २०:२६
फाइल तस्वीर ।

४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० ले हराएर शानदार सुरुवात गर्‍यो । ललितपुरको पाटन र च्यासलबीचको खेल हेर्न दशरथ रंगशालामा दर्शकको पनि राम्रै उपस्थिति थियो ।

खेलमा थ्री स्टारका तीन डिफेण्डरले गोल गर्दा च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाले पेनाल्टी नै मिस गरे । खेलपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने रेफ्रीको निर्णयप्रति असन्तुष्टी पोखे । उनले आफ्नो खेलाडीले राम्रै खेलेको तर रेफ्रीको निर्णय सही नभएको बताए ।

‘पहिलो खेल गाह्रो नै हुन्छ भन्ने लागेको थियो । खेलाडीहरुले राम्रै खेल्यो । पहिलो हाफमा हामी नै बलियो जस्तो देखिएका थियौं । तर रेफ्रीको निर्णयहरु राम्रो भएन । हामीले सेट पिसमा डिफेण्ड गर्न सकेनौँ’ उनले पोष्टम्याच कन्फ्रेन्समा भने ।

उनले रेफ्रीले लिगमा स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्ने बताए । ‘रेफ्रीले आफ्नो स्ट्यानडर्ट मेन्टेन गर्न सकेन भने खेल माथि पुग्दैन । किनभने रेफ्रीले भाइटल रोल खेल्छ । मैले लास्ट सिजन पनि भनेको थिएँ । जबसम्म रेफ्रीको लेभल बढ्दैन तबसम्म फुटबलको लेभल पनि माथि जान सक्दैन । यसमा एन्फाले काम गर्नुपर्छ जस्तो लाग्छ’ उनले भने ।

प्रशिक्षक साहुखलले रेफ्रीले दोस्रो पेनाल्टी नदिनु एउटा टिमलाई फेभर गरेजस्तो देखिएको भन्दै गुनासो राखे । ‘दोस्रो पेनाल्टी नदिनु नै खेलको टर्निङ प्वाइन्ट भएको बताए । दोस्रो गोल खाँदा पनि सिम्पल पुस गरेको जस्तोमा फ्रिकिक दिइयो । कति अवस्थामा कार्ड दिनुपर्ने दिएन । धेरै कुराहरु छन् । एउटालाई फेभर गरेजस्तो भयो । रेफ्रीको पनि मिस्टेक हो तर लेभल माथि लैजानुपर्छ’ साहुखलले भने ।

एक गोलले पछि परेको अवस्थामा च्यासलले २५ औं मिनेटमा पेनाल्टी पाउँदा विकास मेराग्लियाको प्रहार थ्रीस्टारका गोलकिपर प्रिसोले बचाएका थिए ।

पहिलो जितले कन्फिडेन्स बढ्छ : उर्जन श्रेष्ठ

ए डिभिजन लिगमा पहिलो पटक थ्रीस्टारका प्रशिक्षक बनेका उर्जन श्रेष्ठ भने जितबाट सन्तुष्ट देखिए । पहिलो खेल भएकोले सुरुमा गाह्रो भएपनि गोल गर्न सफल भएकाले जित सहज भएको उनले बताए ।

‘पहिलो खेल हो । सुरुमा अलि गाह्रो पनि भयो । बल पोसेसन राखेर खेल्यौँ । उनीहरुले पनि प्रेसर दिए । एउटा पेनाल्टी सेभ भएकोले पनि हाम्रो कन्फिडेन्स लेभल बढ्यो’ उनले भने ।

प्रशिक्षक श्रेष्ठले पहिलो जितले आगामी खेलमा सहयोग पुग्ने बताए । ‘पहिलो म्याच गाह्रो नै हुन्छ । यो जितले पक्कै अरु खेलमा सहयोग पुग्नेछ । यसले खेलाडीको कन्फिडेन्स लेभल पनि बढ्छ’ उनले भने ।

प्रशिक्षक श्रेष्ठले पहिलो खेलमा तीनै गोल डिफेण्डरले गरेको भन्दै स्ट्राइकिङमा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको बताए । ‘स्ट्राइकर चुकिरहेको छ । डिफेण्डरले गोल गरेको छ । त्यसमै फोकस गरेर मिहिनेत गर्नुपर्छ’ श्रेष्ठले भने, ‘पहिलो खेलबाट कमी कमजोरी के रहेछ थाहा भयो । अर्को खेलमा सुधार गरेर अघि बढ्नेछौं । ’

थ्रीस्टारले दोस्रो खेलमा ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्लबसंग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?