+
+

सोमालियामा कार बम विष्फोट, पत्रकार ‘अब्दियाजिज अफ्रिका’को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १३:५४

५ मंसिर, काठमाडौं। सोमालियाको राजधानी मोगादिशूमा वरिष्ठ पत्रकारलाई लक्षित गरी काम बम विष्फोट गरिएको छ ।राजधानी मोगादिशूस्थित रक्षा मन्त्रालय नजिकै पत्रकार सवार सवारी साधनलाई लक्षित गरी कार बम विस्फोट गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

विस्फोटमा परी सोमालियाका चर्चित पत्रकार अब्दियाजिज मोहमुद गुलेदको मृत्यु भएको समाचारमा उल्लेख छ। कार बम विष्फोटमा मारिएका गलेद ‘अब्दियाजिज अफ्रिका’को नामले समेत चर्चित छन् । उनी सरकारी स्वामित्वमा रहेको रेडियो मोगादिशूका निर्देशक समेत हुन् ।

राजधानीस्थित एक रेष्टुरेन्टबाट निस्कने क्रममा उनी चढेको बाहनलाई लक्षित गरी आत्मघाती विष्फोट गराइएको अधिकारीले बताएका छन् ।

सोमाली सुरक्षाकर्मीको हिरासतमा रहेका अल शबाबका संदिग्ध सदस्यहरूसँग अन्तर्वार्ता लिएपछि अब्दियाजिज चर्चामा आएका थिए । अन्तर्वार्ताकै कारण उनको कार्यक्रम देशभित्र र बाहिर निकै लोकप्रिय समेत बनेको थियो ।

आतंकवादी समूह अलकायदासँग आबद्ध सोमालियोको विद्रोही संगठन अलब शबाबले शनिबार भएको विष्फोटको जिम्मा लिएको छ ।

आफूहरूले अब्दियाजिजलाई लामो समयदेखि खोजिरहेको र उनले इस्लामविरुद्ध अपराध गरेको अल शबाबका सैन्य प्रवक्ताले रोइटर्स समाचार माध्यमलाई फोनमार्फत् बताए । ‘मुजाहिदिनले लामो समयदेखि अब्दियाजिजलाई खोजिरहेका थिए’, प्रवक्ता अब्दियासिस अबु मुसाबले भने, ‘उनले इस्लामविरुद्ध अपराध गरेका थिए र मुजाहिदिनको हत्यामा संलग्न थिए ।’

त्यस्तै कार बम विस्फोटमा कैयौं घाइते भएको समाचारमा जनाइएको छ। घाइते हुनेमा सरकारी टेलिभिजनका निर्देशक समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment