+
+

कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते ९:००

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि सोमबार नै जिल्ला अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई निकै महत्वका साथ लिइन्छ । महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने विधानको व्यवस्था छ ।

एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । कांग्रेसभित्र नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा बढि महाधिवेशन प्रतिनिधि ल्याउने होडबाजी चलिरहेको छ । हिमाली क्षेत्रका करिव १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६-१७ गते हुँदैछ भने कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुुने महाधिवेशन कार्यतालिमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?