+
+

सुन चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १२:४९

६ मंसिर, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा दुई सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन ९३ हजार ७ सय र तेजावी सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार १,२६० रुपैयाँमा कारोबार भएको चाँदीको कारोबार मूल्य सोमबार १,२७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?