+
+

भुटानमाथि नेपालको सहज जित, सीताको अलराउण्ड प्रदर्शन

युएईमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १९:०२

७ मंसिर, काठमाडौं । युएईमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । मंगलबारै घरेलु टोली युएईले हङकङलाई पराजित गरेको छ । यो नतिजापछि नेपाल समूह विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै छ ।

लगातार दुई खेल जितेको युएई ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र हङकङले एक हार र एक जितपछि समान २ अंक जोडेका छन् । नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो ।

६ राष्ट्र सहभागी छनोटमा नेपालले अब कुवेत, मलेसिया र युएईसँग खेल्न बाँकी छ । नेपालले बिहीबार कुवेतसंग तेस्रो खेल खेल्नेछ ।

सीताको अलराउण्ड प्रदर्शन

सीता राना मगरले बलिङ र र ब्याटिङ दुबैतर्फ महत्वपूर्ण योगदान गर्दा नेपालले भुटानमाथि सहजै जित हासिल गर्‍यो ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । ६२ रनको लक्ष्य नेपालले ८.३ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनिङ ब्याटिङ गरेकी इन्दु बर्माले नेपालको लागि अविजित रहेर सर्वाधिक १८ रन बनाइन् । ओपनर सीताले १३ बल खेल्दै २ चौकाको मद्दतमा १७ रनको योगदान गरिन् ।

कप्तान रुबिना क्षेत्रीले तेस्रो नम्बरमा ब्याटिङ गर्दै १० रन जोडिन् भने कविता जोशीले २ बल खेल्दै २ चौका प्रहार गरेर अविजित ८ रन बनाइन् । भुटानकी टासी छेकीले एक विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको भुटानले राम्रो सुरुवात गरेपनि नेपालकी सीताले ३ विकेट लिएपछि रन गति रोकिएको थियो । भुटानले ७ ओभरमा ३० रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । तर त्यसपछि थप ३१ रन जोड्दा बाँकी ९ विकेट गुमायो ।

नेपालकी सीताले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर १ विकेट लिइन् । भुटानका दुई खेलाडी रनआउट भए ।

भुटानका लागि नवाङ छोदेनले १३ र सोनाम पाल्दोले ११ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?