+
+

राजनीतिमा सक्रिय हुने रेनशाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १२:३६
फाइल तस्वीर

८ मंसिर, काठमाडौं । चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई सक्रिय रुपमा राजनीतिमा लाग्ने तयारीमा छन् । केही दिनदेखि इलाममा दौडधूप गरिरहेकी रेनशाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन् ।

रेनशाले सामाजिक सेवाका लागि आफू राजनीतिमा आउन लागेको बताइन् । ‘म समाजसेवाका लागि राजनीति गर्न चाहन्छु । फेरि, राजनीतिको अवस्था फेर्नका लागि युवापुस्ता यहाँ नआई पनि हुँदैन । यसैले म राजनीतिमा सक्रिय हुन लागेकी हुँ,’ उनले भनिन् ।

रेनशा कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार बान्तवाकी छोरी हुन् । उनले गाउँ र जिल्लामा आफूले योगदान गर्ने सोचका साथ राजनीतिमा लाग्ने तयारी गरेको पनि बताइन् ।

चलचित्रको करिअर भने सुखद् ढंगले नै अगाडि बढाइरहेकी रेनशाको दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?