
८ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन आउने भएका छन् ।
उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेको एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।
भरतपुर आएर ओली दिउँसो साढे १२ बजे एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4