+
+

सवारी ज्‍यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

महानगरीय प्रहरी परिसरले सवारी ज्‍यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर थिमि नगरपालिका-१३ बस्‍ने ४४ वर्षीय रामभक्त श्रेष्ठ रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १३:१३

‍९ मंसिर, काठमाडौं । महानगरीय प्रहरी परिसरले सवारी ज्‍यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर थिमि नगरपालिका-१३ बस्‍ने ४४ वर्षीय रामभक्त श्रेष्ठ रहेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले नक्सालबाट बुधबार पक्राउ गरेको हो ।

रामभक्तले २०५९ साल पुस १५ गते विहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बा२प ७३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामचन्द्र श्रेष्ठको घटनास्थलमै मृत्‍यु भएको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) निरन्जन दत्त भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?