+
+

प्लेअफ ड्रमा इटली र पोर्चुगल एउटै समूहमा, एक टिम मात्र विश्वकपमा छनोट हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते ६:४९

११ मंसिर, काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफ ड्र भएको छ । जसमा दुई ठूला टिम इटली र पोर्चुगल एउटै समूहमा परेको छ ।

शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । यसको अर्थ यो समूहबाट इटली र पोर्चुगलमध्ये अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने छ ।

प्लेअफको समूह सी मा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । यस्तै पोर्चुगलले टर्कीसँग खेल्नेछ । दुई खेलको विजेता टिम यस समूहको फाइनलमा खेल्नेछन् र विजेता विश्वकपमा छनोट हुनेछ ।

प्लेअफमा कुल १२ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा स्कटल्याण्ड र युक्रेन तथा वेल्स र अष्ट्रिया बीच पहिलो खेल हुनेछ । विजेताबीच फाइनल खेल हुनेछ ।

यसैगरी समूहमा बी मा रुस र पोल्याण्ड तथा स्वीडेन  र चेक रिपब्लिक पहिलो खेलमा खेल्नेछ । विजेता टिमहरु बीच फाइनल खेल हुनेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि युरोपबाट १० टिम छनोट भइसकेका छन् ।

यस्तै विश्वकपका लागि अन्तरमहादेशिय प्लेअफको ड्र पनि सार्वजनिक भएको छ । जहाँ एसियन टिमले दक्षिण अमेरिकी टिमसँग र उत्तर अमेरिकी टिमले ओसियाना टिमसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?