+
+

साउथह्याम्पटनको पोष्टमा लिभरपुलको चार गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ८:०८

१२ मंसिर, काठमाडौं । प्रिमियर लिगमा शनिबार लिभरपुलले साउथह्याम्पटनलाई ४-० ले पराजित गरेको छ । प्रभावशाली जितपछि लिभरपुल दोस्रो स्थानमा उक्लेको छ र शीर्ष स्थानको चेल्सीसंग अंक दूरी १ मा झारेको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि डिएगो जोटाले खेलको दोस्रो र ३२औं मिनेटमा गोल गरे ।

यस्तै थियागो अलकान्टाराले ३२औं र भर्जिल भान डाइकले ५२औं मिनेटमा गोल गरे ।

जितपछि १३ खेलबाट २८ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको चेल्सी २९ अंकसहित शीर्ष स्थानमा छ । चेल्सीले आइतबार म्यानचेष्टर युनाइटेडसँग खेल्दैछ ।

शनिवारै भएको अर्को खेलमा आर्सनलले न्युसकाललाई २-० ले हरायो । आर्सनलको लागि बुकाया साको र गाब्रीएल मार्टिनेलीले गोल गरे । जितपछि आर्सनल १३ खेलबाट २३ अंक जोडेर पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?