+
+

२ सय करोड ठगीका योजनाकार भनिएका सुकेश र ज्याकलिनको तस्वीर भाइरल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:२९

१२ मंसिर, काठमाडौं । बलिउड नायिका ज्याकलिन फर्नाण्डेस सम्पत्ति शुद्धीकरणको मुद्दामा फसेकी छन् । यो विषयमा उनको नाम लामो समयदेखि जोडिएपनि उनले भने अस्वीकार गर्दै आएकी छन् ।

ज्याकलिन यो मुद्दामा मुछिएपछि उनको नाम सुकेश चन्द्रशेखरसँग जोडिएको थियो । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ, जहाँ सुकेश र ज्याकलिनबीच निकटता छल्किएको छ ।

ज्याकलिनले भने सुकेशसँग डेट गरिरहेको विषयलाई अस्वीकार गरेकी थिइन् । तस्वीर सार्वजनिक भएसँगै ज्याकलिनको नयाँ रहस्य समेत सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा सुकेश ज्याकलिनलाई चुम्बन गरिरहेका छन् । यो तस्वीर त्यतिबेला लिइएको हो, जतिबेला सुकेश अन्तरिम जमानतमा तिहाड जेलबाट रिहा भएका थिए । त्यसपछि उनी चेन्नई पुगेका थिए । तस्वीर चेन्नईको एक पाँचतारे होटलको भएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

सुकेशको ठगीको मुद्दा दिल्ली प्रहरीको अपराध शाखामा एफआईआरको रुपमा दर्ता छ । जहाँ सुकेश र उनको टिमले आपराधिक योजना, धोकाधडी गरी २०० करोड रुपैयाँ जर्बजस्ती असुली गरेको आरोप लगाइएको छ ।

प्रहरीले केही समयअघि सुकेश चन्द्रशेखरको घरमा छापा मारेको थियो । छापा मारेपछि प्रहरीले धोकाधडीको मुख्य योजनाकार सुकेश भएको बताएको थियो । सुकेश १७ वर्षको उमेरदेखि नै अपराधको दुनियाँमा प्रवेश गरेका थिए ।

प्रहरीले यो विषयमा नायिका ज्याकलिनको बयान समेत दर्ता गरिसकेको छ । सुकेशसँग ज्याकलिनको फोटो सार्वजनिक भएसँगै प्रहरीले नयाँ प्रमाण पाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?