+
+

अझै सुरु हुन सकेन एमालेको बन्दसत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १५:३०

१२ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए ।

तर झण्डै ५ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु बन्द सत्र स्थलबाट बाहिर निस्किएका छन् । उनीहरुमा नेतृत्वमा कसरी सहमति होला भन्ने चासो छ ।

कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष केपी शर्मा ओली भने नेताहरुसँग छलफलमा छन् । पदाधिकारी र केन्द्रीय सदस्यको आकांक्षीहरु ओली बसेको होटलमा पुगेर उनीलाई भेट्ने क्रम पनि चलिरहेको छ ।

बन्द सत्र स्थलमा भेटिएका सचिव योगेश भट्टराई सहमतिकै प्रयासमा समय लिइएको बताए । ‘महाधिवेशनको हलले नै सहमति गर्ने भनेपछि सबै साथीहरुलाई समेट्ने र विवेक पुर्‍याउने काम नेतृत्वको हो, ’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘नेतृत्वले आफ्नो परीक्षा ठिक ढंगले दिन्छ कि दिँदैन भन्ने प्रश्न छ । आजका जे चुनौती छ, त्यसमा एमालेलाई अब्बल साबित गर्न नेतृत्वले विवेकसम्मत ढंगले प्रतिनिधिको भावनाको अगुवाइ गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?