+
+

सन्तोषको शतकमा प्रदेश १ को जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २०:३१

१२ मंसिर, काठमाडौं । सन्तोष कार्कीको शतकको मद्दतमा प्रदेश २ ले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

७ टिम सहभागी प्रतियोगितामा प्रदेश २ को यो दोस्रो जित हो । ४ अंक जोड्दै प्रदेश २ तेस्रो स्थानमा छ ।

सन्तोष कार्कीले १११ रन बनाएपछि प्रदेश २ ले २५४ रनको लक्ष्य ४१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । सन्तोषले ११५ बल खेल्दै १४ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान विवेक यादवले ७३ बल खेल्दै ६ चौका र ७ छक्का प्रहार गरेर अविजित ८६ रन जोडे ।

९३ रनमा ३ विकेट गुमाएको अवस्थामा सन्तोष र विवेकले तेस्रो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । बागमतीका लागि तिलक भण्डारीले २ तथा प्रतिज जिसी र प्रशान्त महतले १-१ विकेट लिए ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २५४ रन बनाएको थियो । बागमतीका लागि स्वप्निल अधिकारीले ८३ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८५ रन बनाए । यस्तै ओपनर विपिन शाहीले ५९ रन जोडे ।

प्रदेश २ का लागि पुरन ढुंगेलले सर्वाधिक ३ विकेट लिए भने प्रदीप पासवान, अजय यादव, गुल्सन झा र विवेक यादवले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?