
१३ मंसिर, चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका हुन् ।
सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ ।
उनी नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित भएका थिए । दाङ घर भएका पोखरेल लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत हुन् ।
महासचिव पदमा विष्णु पौडेल पनि दाबेदार थिए । दुवै ओली निकट नेता हुन् । पार्टी अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिवमा प्रस्ताव गरेका थिए । पोखरेल सर्वसम्मत महासचिव बने पनि पौडेलले भने चुनावको सामना गर्नुपर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4