काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेल दुबै टोलीले गाेलका केही अवसर बनाए पनि सदुपयाेग गर्न सकेनन् । पहिलाे खेलमा एपीएफलाई ३-२ ले पराजित गरेकाे ब्रिगेडले यस बराबरीपछि २ खेलबाट ४ अंक जोडेको छ ।
एनआरटीको भने यो पहिलो १ अंक हो । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो । ब्रिगेडका शिशिर लेखी म्यान अफ दि म्याच घाेषित भए ।
प्रतिक्रिया 4