+

मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरी

२०७८ मंसिर  १३ गते १८:४३ २०७८ मंसिर १३ गते १८:४३
मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरी

१३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले गोल गर्न सकेनन् ।

दुवै टोलीले गोलका लागि केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।

मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ ले पराजित गरेको थियो । सोमबारको खेल बराबरीपछि मछिन्द्रले दुई खेलबाट ४ अंक जोडेको छ ।

अघिल्लो खेलमा नेपाल पुलिस क्लबसंग १-१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा पनि बराबरीपछि दुई खेलबाट चार अंक जोडेको छ ।

मछिन्द्र बराबरीमा रोकिएपछि दुई चरण सकिँदा शतप्रतिशत जित हात पार्नेमा मनाङ मर्स्याङ्दी क्लब मात्र रहेको छ ।

तस्वीरहरु: विकास श्रेष्ठ

ए डिभिजन लिग त्रिभुवन आर्मी क्लब फुटबल मछिन्द्र क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय