
१३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस संक्रमण भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार जबरालाई कोरोना संक्रमण पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका छन् ।
प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमणका साथै निमोनियाको लक्षण पनि देखिएको छ । जबराको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका डा. प्रवीण नेपालले जानकारी दिए ।
सोमबार विहान पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4