
१४ मंसिर, काठमाडौं । निर्देशक कविर खानको बहुप्रतीक्षित चलचित्र ‘८३’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र डिसेम्बर २४ तारिखबाट रिलिज हुँदैछ ।
यो चलचित्रले सन् १९८३ जुन २५ तारिखमा भारतले खेलेको एक ऐतिहासिक क्रिकेट खेलको कथा भन्नेछ । चलचित्र तत्कालीन भारतीय क्रिकेट टिमका क्याप्टेन कपिल देवको बायोपिक हो ।
चलचित्रमा नायक रणवीर सिंह कपिल देवको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्रमा दीपिका पादुकोण, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शक तथा समीक्षकले उत्कृष्ट भनेका छन् । रणवीरले आफूलाई कपिल देवको गेटअपमा ढाल्नका लागि शतप्रतिशत मिहिनेत गरेका छन् ।
चलचित्रको ट्रेलरमा कपिल देव र उनको टिमले भोगेको आलोचना र त्यसले दिएको परिणामलाई प्रस्तुत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4