+
+

मायामा डुबेकी वर्षा !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १४:०२

१४ मंसिर, काठमाडौं । कलाकारले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्वीर र क्याप्सनले धेरै कुरा बोल्छ । कतिपय अवस्थामा कलाकारको तस्वीर र क्याप्सनले उनीहरुको प्रेमजीवनको समेत चित्रण गर्छ ।

नायिका वर्षा सिवाकोटी गत वर्षदेखि कलाकार राज कटुवालको प्रेममा छिन् । राज र वर्षाको प्रेम नेपाल हुँदै दुबईमा समेत छल्किसकेको छ । आजकल वर्षा मायाप्रेम कुरा निक्कै गर्न थालेको चर्चा छ ।

चारवटा चलचित्र रिलिजको प्रतीक्षामा रहेकी यी नायिका राजसँग चाँडै विवाह गर्ने तयारीमा रहेको बताइन्छ । तर, मिडियामा भने वर्षा राजसँग विवाहका विषयमा अहिले नसोचेको बताउँछिन् ।

हालै वर्षाले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘तिमी पाएँ चाहिँदैन आकाशको जुन’ क्याप्सनले पनि उनी राजको प्रेममा कसरी डुबुल्की मारिरहेकी छन् भन्ने बुझ्न कठिन पर्दैन ।

वर्षा र राज करिअरमा प्रेमको कारणले पनि चर्चामा आउन चाहन्छन् । यसैले पनि उनीहरुले सामाजिक सञ्जालमा एकसाथ बाक्लो उपस्थिति जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?