+
+

चोरीको मोटरसाइकल चलाएको आरोपमा बौद्धबाट दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १७:३४

१५ मंसिर, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाइ चोरीका मोटरसाइकल चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सादा पोसाकमा खटिएको महाशाखाको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकल बास्तविक नम्वर परिवर्तन गरी नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल-४ घर भइ बालाजु बस्ने ३० वर्षीय दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार-९ बस्ने २५ वर्षीय नबिन कोइराला रहेका छन्।

उक्त मोटरसाईकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको पनि उपरीक्षक जनक भट्टराईले बताए ।

पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी कामनपा-३२ जडीवुटी बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?