+
+
पुस्तकांश :

पूँजीपति वर्ग कम्युनिष्ट पार्टीभित्रै छ !

फाङ्ग काङ फाङ्ग काङ
२०७८ मंसिर १६ गते १०:१०

माओले भन्नुभएको छ- ‘समाजवादी क्रान्तिसँगै तिनीहरू आफैं आत्मालोचित बन्छन् । तपाईं समाजवादी क्रान्ति गर्दै हुनुहुन्छ, र तपाईंलाई अझै थाहा छैन कि पूँजीपति कहाँ छ ? यो ठीक कम्युनिष्ट पार्टीभित्रै छ, ती सत्तामा रहेर पूँजीवादी बाटो समात्नेहरू हुन् ।’

यो भनाइले पार्टीभित्रका पूँजीवादपन्थीहरूको पूँजीवादी सारतत्व उदाङ्ग बनाउँछ । समाजवादको ऐतिहासिक अवधिका निम्ति क्रान्तिकारी संघर्षको मुख्य निशानालाई अझ बढी निश्चित गर्छ । साथै वर्गसंघर्ष तथा सर्वहारा अधिनायकत्वको महान् मार्क्सवादी-लेनिनवादी सिद्धान्तको प्रतिरक्षा र विकास गर्छ ।

जनवादी क्रान्तिको अवधिमा हाम्रो समाजमा प्रधान अन्तरविरोध एकातिर सर्वहारा वर्ग र जनसमुदाय तथा अर्कातिर साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवाद रहेर बनेको अन्तरविरोध थियो । त्यसबेला पनि पार्टीभित्र अवसरवादी, संशोधनवादी कार्यदिशाका नाइकेहरू थिए । तिनीहरू पार्टीमा पूँजीपति वर्ग र अन्य शोषक वर्गहरूका एजेन्ट थिए । तर सम्पूर्ण पूँजीपति वर्गका निम्ति तिनीहरू केवल पूरक थिए । त्यसबेला सरकारको लगाम जमीनदार वर्ग र दलाल पूँजीपति वर्गको हातमा हुँदा पूँजीपति वर्गको केन्द्रीय र मुख्य शक्ति, यसको मुख्यालय र यसका प्रमुख राजनीतिक प्रतिनिधिहरू पार्टीभित्र होइन, बाहिर थिए ।

नयाँ जनवादी क्रान्तिमा महान् विजय हासिल भएपछि साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवादको शासन पराजित भयो । सत्ता कब्जा गर्ने क्रममा सर्वहारा वर्गले देशका सम्पूर्ण जनताको नेतृत्व गर्‍यो । त्यसबेलादेखि चीन समाजवादी क्रान्तिको ऐतिहासिक अवधिमा प्रवेश गरेको छ र सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको अन्तरविरोध समाजको प्रधान अन्तरविरोध बनेको छ । हाम्रो पार्टी शासक पार्टी बनेदेखि अध्यक्ष माओको सर्वहारावादी क्रान्तिकारी कार्यदिशा र पूँजीवादी तथा संशोधनवादी कार्यदिशाबीचको संघर्षले हाम्रो पार्टीको चरित्र मात्र होइन कि बरु हाम्रो सिंगो देशकै चरित्र र परिस्थितिको समेत निर्धारण गर्दछ ।

त्यसबेलादेखि पार्टीभित्र र बाहिरका पूँजीपति वर्ग विरुद्धको हाम्रो संघर्ष सबै क्षेत्रमा गहिराइपूर्वक निरन्तर विकास भइरहेको छ । यो समाजवादी क्रान्ति सम्पन्न गर्ने कि नगर्ने भन्ने आधारभूत प्रश्नमा केन्द्रित छ । सान फान र उफान आन्दोलनहरू सन् १९५१ को डिसेम्बर र १९५२ को जूनका बीचमा सम्पन्न भएका थिए । अघिल्लो चाहिं कम्युनिष्ट पार्टी र सरकारका अंगहरूभित्र भएका भ्रष्टाचार, बर्बादी र नोकरशाही जस्ता खराबी र पछिल्लो चाहिं सरकारी कर्मचारीहरूको विश्वासघात, करछली, राज्यको सम्पत्ति चोरी, सरकारी ठेक्कामा ठगी र निजी व्यापारका निम्ति सरकारी स्रोतहरूबाट आर्थिक सूचनाहरूको चोरी जस्ता खराबी विरुद्ध थियो ।

उत्पादनका साधनहरूको स्वामित्वको समाजवादी रुपान्तरण र दक्षिणपन्थ विरोधी संघर्ष यसले १९५७ मा पूँजीवादी दक्षिणपन्थीहरू, जसले सर्वहारा वर्गमाथि जंगली आक्रमण गर्न हाम्रो पार्टीको सुदृढीकरण अभियानबाट फाइदा लिएका थिए ।

नयाँ चीनको स्थापनादेखिका सर्वहारा र पूँजीपति वर्गबीचका प्रमुख संघर्षहरू थिए । यी संघर्षहरूमा पार्टी बाहिरका पूँजीपति वर्गसँग अझै सर्वहारा वर्गसँगको शक्ति परीक्षणमा प्रयोग गर्ने तागत थियो र तिनीहरू अझै आफ्ना प्रतिनिधिहरू नियुक्त गर्न सक्षम थिए, तर त्यसपछि एउटा जटिल परिस्थितिको विकास भयो, जसमा पार्टीभित्र र बाहिर दुवै ठाउँका पूँजीपति वर्गले एकआपसमा गोप्य सम्झौताहरू गरे ।

उनीहरूको पार्टीमाथिको अनियन्त्रित आक्रमणमा पार्टी बाहिरका पूँजीपति वर्ग र अरु शोषक वर्गले पार्टीभित्रको दुईलाइन संघर्षद्वारा पार्टीभित्रका पूँजीपति वर्गले समाजवादी क्रान्तिविरुद्ध गरेका गतिविधिहरूलाई हामीले प्रकाशमा ल्यायौं र यसको संशोधनवादी कार्यदिशाको आलोचना गर्‍यौं । यसरी हामीले समाजवादी रुपान्तरणका विभिन्न प्रमुख अभियानहरूको विजयलाई सुनिश्चित गर्यौं ।

समाजवादी क्रान्ति सञ्चालन गर्दा हामीले पार्टीमा रहेका पुरानो पूँजीपति वर्ग र यसका बुद्धिजीवीहरू अस्तित्वमा रहिरहेका हुन्छन् तथा ठूलो संख्यामा निम्न पूँजीपति वर्ग पनि आफ्नो विचार निर्माण गर्ने क्रममा पार्टीमा रहिरहेको हुन्छ भन्ने मात्र बुझ्ने होइन कि हामी विशेषगरी पार्टीभित्र लुकेर रहेको पूँजीपति वर्गसत्तामा रहेर पूँजीवादी बाटो समातेका पार्टीका नेताहरूसँग पनि सतर्क रहनैपर्छ

 

समाजवादी क्रान्ति गहिरिंदै जाँदा पार्टीबाहिर रहेको शासित पूँजीपति वर्गले आर्थिक रूपले उत्पादनका साधनहरू गुमाएको छ । राजनैतिक र वैचारिक मोर्चामा पनि एक अर्को हारका सामना गर्नुपरेको छ । फलस्वरूप यसको तागत विस्तारै कमजोर हुँदै गएको छ । पार्टीमाथिको पूँजीवादी अधिकारको आक्रमणको बेला तिनीहरूसँगको कथित ‘चाङ्लो गठबन्धन’ले कमाण्डरको भूमिका खेलेको थियो, त्यसपछि दक्षिणपन्थ विरोधी संघर्षपछि पार्टी बाहिरको पूँजीपति वर्गको निम्ति सर्वहारा वर्गविरुद्ध चौतर्फी संघर्ष सञ्चालन गर्न सर्वहारा अधिनायकत्वलाई ध्वस्त पार्न र पूँजीवाद पुन:स्थापना गर्न खुल्ला रूपमा आफ्नो शक्ति एकत्रित गर्न ज्यादै कठिन भएको छ ।

समाजवादको समग्र ऐतिहासिक अवधिमा सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको अन्तरविरोध नै प्रधान हो । परिवर्तित अवस्थामा वर्ग शक्तिहरूको परिवर्तित सन्तुलन सहित सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको वर्गसंघर्ष अत्यन्त गहिरो र तिखो रूपमा पार्टीभित्रै अभिव्यक्त हुने गरेको छ । यसरी पूँजीवादपन्थीहरू पार्टीमा पूँजीपति वर्गको संगठित शक्तिको रूपमा जन्मिन्छन् र सर्वहारा अधिनायकत्वलाई ध्वस्त पार्न र पूँजीवाद पुनर्स्थापना गर्न मुख्य खतराको रूपमा आउँछन् ।

समाजवादी क्रान्ति सञ्चालन गर्दा हामीले पार्टीमा रहेका पुरानो पूँजीपति वर्ग र यसका बुद्धिजीवीहरू अस्तित्वमा रहिरहेका हुन्छन् तथा ठूलो संख्यामा निम्न पूँजीपति वर्ग पनि आफ्नो विचार निर्माण गर्ने क्रममा पार्टीमा रहिरहेको हुन्छ भन्ने मात्र बुझ्ने होइन कि हामी विशेषगरी पार्टीभित्र लुकेर रहेको पूँजीपति वर्ग सत्तामा रहेर पूँजीवादी बाटो समातेका पार्टीका नेताहरूसँग पनि सतर्क रहनैपर्छ ।

ल्युशाओची, लिन पियाओ र तेङ शियाओ पिङ जस्ता पार्टीभित्रका पूँजीवादपन्थीहरू विरुद्ध दृढ संघर्ष चलाएर र हाम्रो क्रान्तिलाई पार्टीभित्रका यस्तै पूँजीपति वर्गविरुद्ध सोझ्याएर मात्र समाजमा ठूलो संख्यामा रहेको पूँजीपति वर्ग र पूँजीवादी शक्तिहरूविरुद्ध विजयलाई सुनिश्चित गर्न सकिन्छ । यसरी मात्र भन्न सकिन्छ कि, समाजवादी क्रान्तिको मुख्य निशाना साँच्चै नै ग्रहण गरिएको छ । पूँजीपति वर्ग ठीक कम्युनिष्ट पार्टीभित्रै छ भन्ने तथ्यलाई बुझ्न जो असफल हुन्छ, त्यो तीक्ष्ण बुद्धि भएको सर्वहारा क्रान्तिकारी होइन ।

पेरिस कम्युनका ऐतिहासिक अनुभवहरूको संश्लेषण गरेर एंगेल्सले भन्नुभएको छ कि सर्वहारा अधिनायकत्वको स्थापनापछि ‘राज्य र राज्यका अंगहरूलाई समाजको नोकरबाट समाजको मालिकमा गरिने यो रुपान्तरण’ ‘उनीहरूको आफ्नै विशेष स्वार्थ पछ्याउँदा हुने रुपान्तरण’लाई रोक्न एकदमै आवश्यक हुन्छ ।

पूँजीवादीहरूको वर्ग चरित्र

आफ्नो ‘चिनियाँ समाजमा वर्गहरूको विश्लेषण’मा अध्यक्ष माओले औंल्याउनुभएको छ, ‘सच्चा दुश्मनबाट सच्चा मित्रलाई छुट्याउन हामीले चिनियाँ समाजमा विभिन्न वर्गहरूको आर्थिक अवस्था र क्रान्तिप्रतिको तिनीहरूको धारणाको आम विश्लेषण गर्नैपर्छ ।’

त्यसकारण हाम्रा निम्ति पूँजीवादपन्थीहरूको पूँजीवादी चरित्रलाई राजनीतिक र आर्थिक दुवै रूपले नङ्ग्याउन मार्क्सवादी वैज्ञानिक तरिका प्रयोग गर्नु आवश्यक छ । ताकि हामीले स्पष्टसँग देख्न सक्छौं कि पूँजीपति वर्ग ठीक कम्युनिष्ट पार्टीभित्रै छ ।

पार्टीभित्रका पूँजीवादपन्थीहरूको सारभूत राजनीतिक चरित्र यो रहेको हुन्छ कि तिनीहरू संशोधनवादी कार्यदिशा अगाडि सार्छन् र पूँजीवादी बाटोमा टाँस्सिरहन्छन् । तिनीहरूको विश्लेषण गर्दा सबैभन्दा पहिले हामीले यो चरित्रलाई पत्ता लगाउनुपर्छ र राजनीतिक कार्यदिशाको कोणबाट तिनीहरूको सारतत्वको स्पष्ट समझदारी बनाउनुपर्छ । संशोधनवादी कार्यदिशालाई अगाडि बढाउने साझा प्रयासको आधारमा पूँजीवादपन्थीहरूले पूँजीवाद पुनर्स्थापनाको व्यर्थको प्रयासमा पार्टीमा राजनीतिक फुट ल्याउँछन् र संशोधनवादी कार्यदिशाका नाइकेहरू, जो हिजो विभिन्न अवसरमा पैदा भएका थिए । सबै यो कार्यदिशाका आम प्रतिनिधि थिए ।

ल्युशाओची, लिन पियाओ र तेङ शियाओ पिङ भगौडा र गद्दारहरू भर्ती गर्ने स्थितिमा रहे, आफ्ना मतलबी स्वार्थहरूलाई पछ्याउने गिरोह बनाए र पूँजीवादी मुख्यालयहरू निर्माण गरे । सर्वहारा अधिनायकत्वका औजारहरूलाई पूँजीवादी अधिनायकत्वको औजारमा बदले र साँचो परिस्थितिको जानकारी नभएका र उच्चस्तरको चेतना नभएका केही मानिसहरूलाई केही समयका निम्ति आफ्नो संशोधनवादी कार्यदिशालाई समर्थन गर्न लगाएर बटारे ।

पूँजीवादको पुनर्स्थापना गर्न कस्सिएका तिनीहरू पार्टी बाहिरका पूँजीपति वर्गभन्दा बढी निर्दयी र खतरनाक देखिए । पार्टीभित्रका पूँजीवादपन्थीहरूले अगाडि सारेको संशोधनवादी कार्यदिशाले नयाँ र पुराना पूँजीपति वर्ग र सबै प्रकारका शोषक वर्गहरूका स्वार्थहरूको बढी केन्द्रित तरीकाले प्रतिनिधित्व गर्छ र यसले पूँजीवादी चरित्रलाई निर्धारित समेत गर्दछ ।

(पेकिङ रिभ्यू, अंक २५, सन् १९७६ १८ जूनमा प्रकाशित । खोपबहादुर कँडेलले अनुवाद गरेको रेमण्ड लोट्टाको विश्वप्रसिद्ध पुस्तक माओको अन्तिम महालडाइँको अंश)   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment