+
+
Shares

मधेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी, भोलि निर्वाचन

सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको मधेश प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गरेर जानकारी गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १७:१०
Listen News
0:00
0:30
🔊

५ पुस, जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको मधेश प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गरेर जानकारी गराएको छ ।

एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता भएको हो ।

यादवले प्रस्तावक नेपाली कांग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो राखेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मधेश प्रदेश सभामा भोलि सभामुख पदको लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?